बर्दियामा चितुवाको आक्रमणबाट साढे दुईवर्षका बालकको मृत्यु



बर्दिया । बर्दियामा चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको छ । शनिबार साँझ ७ बजे बर्दियाको मधुवन नगरपालिका–९ भाटचोकमा चितुवाको आक्रमणबाट साढे २ वर्षीय रिहान चलाउनेको मृत्यु भएको हो । प्रहरीकाअनुसार आगनमा खेलिरहेका बालकलाई चितुवाले टिपेर लगेको थियो ।

बाहिर छोरा नदेखेपछि रिहानका आमा रचनाले हार गुहार गरेकी थिइन् । प्रहरीसहितको टोलीले खोजी गर्दा राति सवा ९ बजे घरबाट झन्डै ५ सय मिटर पर बालकको शव भेटिएको थियो । रचना शनिबार मात्रै छोरालाई लिएर बर्दियास्थित सानीआमा जमुना कँडेलको घर गएकी थिइन् ।