कांग्रेस, एमाले र माओवादीबाट मुलुकको विकास हुँदैन: राजेन्द्र लिङदेन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली काँग्र्रेस, नेकपा एमाले र नेकपा(माओवादी केन्द्र) बाट देश बन्छ भनेर पर्खिने छुट नरहेको बताएका छन् । 

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले  यस्तो बताएका हुन्  । लिङ्देनले तिनै पार्टी र नेतृत्वमा रहेकाहरुबाट मुलुकको विकास हुन्छ भनेर पर्खिनु देश बर्बाद पार्ने काममा सहभागि हुनु भएको टिप्पणी गरे । अध्यक्ष लिङ्देनले मुलुक करिब साढे तीन दशकदेखि कांग्रेस, एमाले र माओवादीको वरिपरि घुमिरहेको भएपनि मुलुकको विकास हुन नसकेको दाबी गरे।


 लिङ्देनले राप्रपा एउटा पार्टी मात्र नभई देश र धर्म बचाउने अभियान भएको उल्लेख गर्दै देश बनाउने र देश बचाउने  अभियानमा सहभागि हुन सबैमा अपिल समेत गरे । लिङदेनले आफूले राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको बताउँदै जुनसुकै मन्दिर जान तयार रहेको बताउनु भयो । 

अध्यक्ष लिङदेनले आफूले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु बराबर हो भनेर राजनीति गरिरहेको उल्लेख गर्दै उक्त कुरा राप्रपाको सिद्धानन्तको रुपमा स्थापित भइसकेको दाबी गरे ।