

काठमाडौं । सन् २०२५ को पहिलो महिना जनवरीमा करिव ८० हजार पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डकाअनुसार जनवरीमा ७९ हजार ९ सय ९१ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जनवरीमा भारतबाट २० हजार ४८५, चीनबाट ८ हजार १९१, अमेरिकाबाट ८ हजार ६३, बंगलादेशबाट ५ हजार ४०६, अष्ट्रेलियाबाट ४ हजार ३०१, दक्षिण कोरियाबाट ३ हजार ७५६, बेलायतबाट ३ हजार ५२१ पर्यटक भित्रिएका छन् ।
