इरानमा बस पल्टिँदा ५४ जना घाइते



इरानको मध्य प्रान्त सेमनानको एक इन्टरसिटी सडकमा आइतबार बिहान बस पल्टिँदा ५४ जना घाइते भएका छन् । सोरखेह काउन्टीबाट प्रादेशिक राजधानी सेमनान जाने सडकमा बिहान ४ः४५ बजे बस दुर्घटना भएको हो ।

चिकित्सा विज्ञान तथा स्वास्थ्य सेवा प्रवक्ता करेन याह्याईले भन्नुभयो,“ एम्बुलेन्सले घाइतेलाई सेमनान अस्पताल पुर्याएको छ ।” घटनाबारे सेमनानका ट्राफिक प्रहरी प्रमुख मौसा बोजोर्गीले चालक निद्रामा परेका कारण बस सडकबाट खसेको बताए । “दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।”