अर्थ समितिको बैठक बस्दै



काठमाडौं। आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठक बस्दै छ।

बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता माननीय सदस्यहरुसँग छलफल हुने कार्यसूची रहेको छ।


बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयको अर्थ समितिको बैठक कक्षमा हुने बताइएको छ।