

काठमाडौं । साहारा चितवन बहुउद्देशीय सहकारी संस्था लिमिटेड ठगी प्रकरणमा रास्वपाका सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थालाई प्रतिवादी बनाउँदै चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
मंगलबार सरकारी वकिल कार्यालयको रायअनुसार लामिछानेसहित छविलाल जोशी , रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफअलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणी बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठविरु४ मुद्दा दायर भएको हो ।


साहारा सहकारीबाट रकम गएका पाँच कम्पनीमा गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेशनल प्रालि, जिवी ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि, नेचर नेष्ट प्रालि रहेका छन् । उनीहरुविरुद्ध झण्डै ५६ करोड बिगो माग दाबी गरिएको छ ।
नेपाल प्रहरीका पूर्व डीआईजीसमेत रहेका जोशीले सहकारीबाट गोर्खा मिडियामा रकम खोज्ने काम जीबी राईको र खर्च गर्ने रवि लामिछाने भएको र आफूलाई कुनैपनि जानकारी नभएको बयान दिएका छन् । ‘बैकको खातामा रकम के, कसरी, को, कसले ल्याउँथे र खातामा जम्मा भएको रकम को, कसले के, कस्तो प्रकृया पुरा गरेर भुक्तानी गर्थे, सो विषयमा मलाई केही थाहा जानकारी छैन । रकम जुटाउने कार्य गितेन्द्र वावु राईबाट र बैकमा मौज्दात रहेको रकम खर्च गर्ने कार्य रवि लामिछानेले गर्ने भएकोले उहाँहरुलाई नै थाहा हुनु पर्छ’ बयानको क्रममा जोशीले भनेका छन् ।
यस्तो छ जोशीको बयान
म २०७५/०३/३० गते नेपाल प्रहरीको ३० वर्षिय सेवा अवधी पुरा गरी सेवानिवृत भएको थिएँ । २०७७ सालमा नेचर हर्बस इन्टरनेशनल प्रा.लि.मा १०% शेयर लिई डाइरेक्टर भएँ । सोही कम्पनीको प्रतिनिधित्व गरी म नेपाल डाइरेक्ट सेलिङ एसोसियनमा अध्यक्ष भएँ ।
नेपाल डाइरेक्ट सेलिङ एसोसियनमा अध्यक्ष भएको १ महिना नवित्दै मैले नेचर हर्वस को शेयर गितेन्द्र वावु राई मार्फत निजले ल्याएका राम बहादुर खानाललाई हस्तान्तरण गरें । तत् पश्चात म र गितेन्द्र वावु राईको ५०/५०% शेयर लगानी देखाई गोर्खा मिडिया नेटवर्क प्रा. लि. कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गराई संचालन गर्ने क्रममा म उक्त कम्पनीको शेयर होल्डर र संचालक सदस्यको रुपमा करिव १ वर्ष बसे पछि सो प्रा. लि. बाट समेत अलग भई हाल पहिला देखि आवद्ध रहेको के. एण्ड के. कलेज बानेश्वरमा डाइरेक्टरको रुपमा काम गरी अध्यापन समेत गराउँदै आएको छु ।
गोरखा मिडिया नेटवर्क प्रा.लि.अन्तर्गत Galaxy 4k TV संचालनमा आएको थियो । उक्त मिडिया नेटवर्क प्रा.लि. दर्ता कालको अवस्थाको शेयर धनी एवं कार्यकारी अध्यक्ष गितेन्द्र वावु राई हुन । संस्थापक शेयर सदस्यम छविलाल जोशी थिएँ। हामी दुई जनाको ५०/५०% ले हुने, ने ४,५०,०००/२,५०,००० कित्ता शेयर लगानीको बोलकबुल मात्र गरी र जगेडा रहेको ७,००,००० कित्ता मध्येबाट १५% शेयर रवि लामिछानेले लिएका रहेछन् सो कुरा कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्राप्त भएको म समेतको सहिछाप रहेको संचालक समितिको मिति २०७७।१२।१८ गतेको बैठकमा भएको निर्णय समेतबाट हाल एकिन भयो ।
म करिब १ वर्ष पछि उक्त कम्पनीवाट कानून संम्वत तवरबाट प्रकृया पुरा गरेर मेरो भागको कम्पनी स्थापना गर्दा कायम भएको ५०% शेयर कम्पनीको शेयर पुजी बढाएर रु. ५ करोडबाट रु. १२ करोड पुऱ्याएपछि तत्काल कायम हुन आएको गितेन्द्र बाबु राईको शेयर ५०% ले रु.६,०००००००/- ( छ करोड रुपैया मेरो ३५% ले रु.४,२०,००,०००/- (चार करोड विस लाख रुपैया) र रवि लामिछानेको १५४ रु.१,८०,००,०००/- (एक करोड असि लाख रुपैया) शेयर लागानी रहेकोमा मेरो कायम हुन आएको शेयर लगानी सम्बन्धमा कम्पनी रजिष्ट्रारको कार्यालयमा उपस्थित भएर कम्पनीको लेखा परीक्षक सहित लेखा परीक्षण प्रतिवेदन पेश गराई कानून संम्बत रुपमा सम्पूर्ण दायित्व र जिम्मेवारीबाट अलग हुने गरी अन्य व्यक्ति नभई कम्पनीको संस्थापक शेयर होल्डर एवं कार्यकारी अध्यक्ष Face Of the company गितेन्द्र बाबु राईलाई नै सुम्पिई उक्त कम्पनीबाट बाहिरिएको हुँ ।
म कम्पनीमा संलग्न भए देखि छाड्दा सम्म Gorkha Modia Network Pvt. Lad मा आर्थिक कारोवारमा मेरो दैनिक व्यवस्थापनको कार्यमा संलग्नता नभई सोको जिम्मा गितेन्द्र बाबु राई र रवि लामिछानेले गर्ने गरेको हुँदा यस सम्बन्धमा मलाई केही थाहा भएन, पैसा माग गर्ने, ल्याउने र खर्च गर्ने समेतको कुनै प्रकारको छलफल, माईन्युट वा समझदारी कुनै दिन नभएकोले सो विषयमा निजै गितेन्द्र बाबु राई र रवि लामिछानेलाई नै थाहा होला । Nature Herte Inserrational Prolol मा म करिव १ महिना पनि नबसी छाडेको र ऋण लिँदाको समयमा मैले कम्पनी छाडी सकेको थिएँ । सो समयमा गितेन्द्र बाबु राईको नै सम्पुर्ण जिम्मेवारी थियो, निजलाई नै थाहा होला, GB Group Of Comparty, Spring Wood Real State And Horusing PriLad र Name Net PALM मा म आवद्ध नरहेकोले सो सम्बन्धमा मलाई कुनै जनाकारी छैन ।
उक्त गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा मैले २,५०,००० कित्ता शेयर लिने बोलकबुल मात्र भएको हो, उक्त कम्पनीमा मेरो कुनै लगानी नभएको, सम्पूर्ण रकम गितेन्द्र बाबु राईले लगानी गरेको, कम्पनीको आर्थिक कारोवारमा मेरो संलग्नता नभई दैनिक व्यवस्थापनको जिम्मा गितेन्द्र बाबु राई र रवि लामिछानेले गर्ने गरेको हुँदा यस सम्बन्धमा मलाई केही थाहा भएन, पैसा माग गर्ने, ल्याउने र खर्च गर्ने समेतको कुनै प्रकारको छलफल, माइन्युट वा समझदारी कुनै दिन नभएकोले सो विषयमा मलाई कुनै थाहा जानकारी छैन ।
उक्त साहारा चितवन बहुउदेश्यीय सहकारी संस्था लि. स्थापना भए देखि हालसम्म म शेयर सदस्य, बचतकर्ता, सञ्चालक, पदाधिकारी, कर्मचारी लगायत कुनै पदमा आवद्ध नरहेकोले सहकारीको वित्तिय कारोवारको अभिलेख राख्ने गरेको (सफ्टवयर विद्युतिय डाटाबाट देखिएको Chabbilal Bamjandey India नाममा देखाइएको खाता मेरो होईन, सो खातामा उल्लेखित व्यक्ती समेत म होईन सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समित २०८१ से पृष्ठ १००५ अनुसूची-१२ भित्र गोरखा मिडिया नेटवर्कको वित्तिय विद्वेशण ११.१ ऋण पेश्की भनी उल्लेख गरेको छ ।
वित्तिय विश्लेशणको कैफियत महलमा स्पष्ट रूपमा छविलाल जोशीले अनुसन्धानको सिलसिलामा हेर्दा कही कतै माग फारम भरेको दस्तखत ल्याप्चे ऋण सापटी माग गरेको नपाईएको र उक्त ऋण पेश्की भनी लेखीएको कागज पछाडी उक्त कार्य गर्ने गर्न लगाउने आदेश दिने आदेश बमोजिम गर्ने गरेको भनी उल्लेख भएकोले सो सम्बन्धमा ऋण सापटी पेश्की लिएको छैन, हैन । बिना कुनै दस्तखत, धितो ऋण पेश्की कसरी प्रवाह हुन सक्छ । यसमा जि.बि.राई भन्ने गितेन्द्र बाबु राईकै सफ्टवयर उनकै कर्मचारी 17 कम्पनी, अभिलेख, योजना भएकोले म जादै नगएको, नदेखेको ठाँउबाट समेत मेरो नाम किर्ते गरी मेरो नाम उल्लेख गर्छ भने निजकै आदेश र योजनामा यी सबै कार्य गरेको भएको हुनुपर्छ । निजकै नियन्त्रण र आदेशमा गरिने भए पछी जसको नाममा पनि उल्लेख ‘गर्न मिल्दो रहेछ ।
मैले नेचर हर्बसको शेयर राम बहादुर खनाललाई हस्तान्तरण गरे वापत मलाई निजको इन्भेष्टमेण्ट बैंकको खाता मार्फत मेरो नविल बैंकमा जम्मा गराइएको रु. १० लाख मेरो आफ्नो नभई गितेन्द्र बाबु राईको रहेको र हामीले शेयर हस्तान्तरणको कागजी प्रकृया पुरा गर्नको लागि मात्र रकम खातामा जम्मा भएको देखाएको कारण उक्त रकम मैले निज गितेन्द्र बाबु राईले भने बमोजिम नै मेरो नबिल बैंकको खाताबाट साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नाउँमा काटेर निजै गितेन्द्र बाबु राईलाई दिएको हुँ । उक्त चेक निजले सहकारीको मेगा बैंकमा जम्मा गराएका रहेछन् सो कुरा पछि थाहा पाएको हुँ म साहारा चितवन सहकारीको कर्मचारी, शेयर सदस्य, पदाधिकारी लगायतको कोही होइन । मसँग उक्त सहकारीको कुनै संलग्न छैन, थिएन। चेक भरपाई देखाउँदा हेरी पाएं उक्त चेक मैले गितेन्द्र बाबु राईलाई उपलब्ध गराएको हुँ ।
यस विषयमा गोरखा मिडिया नेटवर्क प्रा.लि. का अध्यक्ष गितेन्द्र बाबु राई, प्रवन्ध निर्देशक रवि लामिछाने र लेखा परिक्षक सि.ए. विशेष विभु आचार्यले दस्तखत गरी लेखा परीक्षण सम्बन्धी सम्पुर्ण प्रकृया पुरा गरी तयार गरी आधिकारिक रुपमा पेस गरेको उल्लेखित दुवै वर्षको लेखा परीक्षण प्रतिवेदन विवरण कम्पनी रजिष्टारको कार्यालयको वेब-साईटमा राखिएको छ । उक्त लेखा परीक्षण प्रतिवेदन तयार गर्दाका बखत मेरो कुनै संलग्नता, भूमिका, हस्ताक्षर छैन र सो सम्बन्धमा मलाई जानकारी समेत छैन ।
मलाई कानूनी रुपमा मिति २०७८।०६।२२ गते देखि गोरखा मिडिया नेटवर्क प्रा.लि. अलग प्रति म यस प्रा.लि. बाट सुरु देखि अलग थिए, सोही कारण गोरखा मिडिया नेटवर्क प्रा.लि. को बैकको खातामा रकम के, कसरी, को, कसले ल्याउँथे र खातामा जम्मा भएको रकम को, कसले के, कस्तो प्रकृया पुरा गरेर भुक्तानी गर्थे, सो विषयमा मलाई केही थाहा जानकारी छैन । रकम जुटाउने कार्य गितेन्द्र वावु राईबाट र बैकमा मौज्दात रहेको रकम खर्च गर्ने कार्य रवि लामिछानेले गर्ने भएकोले उहाँहरुलाई नै थाहा हुनु पर्छ भन्ने समेत व्यहोराको प्रतिवादी छविलाल जोशीको बयान ।
