सूर्यदर्शन सहकारी ठगी प्रकरणः प्रतिवादीहरुको तर्फबाट बहस सकियो, आदेश कहिले ?



काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका प्रतिवादीहरुको बहस सकिएको छ । कास्की जिल्ला अदालतमा गत पुस १६ गतेदेखि न्यायाधीश नितिज राईको इजलासमा उनीहरुको थुनथेक बहस भइरहेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्व डीआईजीसमेत रहेको गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राईलगायत उक्त मुद्दामा मुछिएका छन् । रवि, छवि र जिबीलगायतलाई सहकारी ठगीमात्रै नभएर सम्पत्तिशुद्धीकरण र संगठित अपराधमा पनि मुद्दा चलाइएको छ ।


सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

प्रतिवादीहरुको बयान सकिएसँगै अब जाहेरवालाहरुको तर्फका कानुन व्यवसायीहरुले बहस सुरु गर्नेछन् । त्यसपछि प्रतिवादीहरुलाई धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश आउने छ । आज आदेश आउने सम्भावना एकदमै न्यून रहेको अदालत स्रोतले बतायो । भोलिसम्म आदेश आउनसक्ने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here