‘रुदाने’को ९१ औं जन्मजयन्ती मनाइयो



हेटौंडा । थाहा आन्दोलनका प्रणेता दिवङ्गत रुपचन्द्र विष्ट ‘रुदाने’को ९१ औं जन्म जयन्ती तथा थाहा दिवस विविध कार्यक्रम गरि मनाइएको छ । यसैबीच रुपचन्द्रको जन्मभूमि थाहा नगरपालिकामा पनि रुदानेको सम्झनामा थाहा दिवस मानाइयो ।

थाहा नगरपालिका वडा नम्बर ३ को आयोजना तथा फरक सोचको समन्वयमा शिखरकोटमा रहेको विकास घरको प्रांगणमा कार्यक्रमको आयोजना गरिएको हो।


वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको अध्यक्षता तथा नगर प्रमुख बिष्णु विष्टको प्रमुख आतिथ्यता र नगर उपप्रमुख भरत गोपालीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा रुपचन्द्र बिष्ट संगै सहकर्मी भएर हिँडेका जनमुखी सहकर्मीहरुलाई सम्मान तथा रुदानेको शालिकमा माल्यार्पण गर्दै जन्मजयन्ती मनाइएको थियो।

कार्यक्रममा वक्ताहरुले थाहा आन्दोलनको मर्म र रुदानेको स्वाभाव बारे चर्चा गर्दै रुदानेको पथमा हिड्न र श्रम र जनता लाई प्रधानता दिई जनमुखी राजनीति गरेमात्र रुदानेप्रति सच्चा श्रद्धा हुने बताए।

कार्यक्रममा नगर प्रमुख बिष्णु विष्ट,उपप्रमुख भरत गोपाली,रुपचन्द्र विष्ट स्मारक स्थानिय समितिका संयोजक बिमल कुमार विष्ट,जनमुखी सहकर्मी हरु ज्योती रायमाझी,प्रेम कुमार केसी,माओवादी थाहा नगर अध्यक्ष बिनोद कुमार लामा लगायतकाले रुदाने र थाहा दर्शनको बारेमा आफ्ना धारणा राखेका थिए।
यसैबीच विगत वर्षदेखि फरक सोचले प्रदान गर्दै आइरहेको थाहा पत्रकारीता पुरस्कार थाहा नगरपालिकाका पत्रकार ममता थापालाई प्रदान गरियो।

अन्नपूर्ण पोष्टमा वरिष्ठ संवाददाताको रुपमा कार्यरत पत्रकार थापालाई उक्त पुरस्कार प्रदान गरिएको हो।
१० हजार नगद सहित सम्मानपत्रद्वारा नगर प्रमुख बिष्णु विष्ट र उपप्रमुख गोपालीले प्रदान गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here