काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बाघ र निलो रंगको स्यालको फरक कहिले छुट्टिने हो भन्दै प्रश्न गरेका छन् ।
अदालत परिसरमा कानुन व्यवसायीमाथि कुटपिटको घटनातर्फसंकेत गर्दै बास्कोटाले रास्वपालाई यस्तो प्रश्न गरेका हुन् ।
उनले भनेका छन्, ‘न्याय मरेको छैन भन्थे, अदालत परिसरमै मुक्का बजारेपछि जिउँदो मात्र होइन माइक टाइसन भन्दा तीनगुणा बलशाली रहेको प्रमाणित भयो। अझै तीन परिसर चाहार्न बाँकी छ जस्तो छ ? कति कालाकोट धुजाधुजा हुने हुन् ? टेलर्स, मिडिया, मेडिकल, मःम, मकै सबै चल्ने भए। बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला ?’
बुधबार स्वर्णलक्ष्मी सहकारीका पीडितका तर्फबाट बहस गरेर फर्कने क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौँ जिल्ला अदालतभित्रै रास्वपाका कार्यकर्ताले आक्रमण गरेका थिए ।