युएईको शारजाहमा जनवरी १७ देखि साहित्य महोत्सव गरिने



शारजाह । शारजाह विश्वविद्यालयले यही जनवरी १७ देखि २१ सम्म पहिलो शारजाह ‘साहित्य महोत्सव’ गर्ने भएको छ ।

‘अमिराती कथाले भविष्यलाई प्रोत्साहन गर्छ’ भन्ने नाराका साथ आयोजना गरिने महोत्सव शारजाह युनिभर्सिटीको सिटी हलको अगाडी खुला क्षेत्रमा आयोजना गरिने छ ।


सुल्तान बिन मोहम्मद अल कासिमी, सर्वोच्च परिषद् सदस्य र शारजाहका शासकको प्रायोजन तथा शारजाह पुस्तक प्राधिकरणका अध्यक्ष र इमिरेट्स पब्लिशर्स एसोसिएशनका मानद अध्यक्ष शेख बोदोर बिन्त सुल्तान अल कासिमीको मार्गदर्शनमा गरिने यो महोत्सव दिनको २ः०० बजेदेखि साँझ ११ः०० बजेसम्म चल्नेछ।

महोत्सवले युएईको समृद्ध साहित्यिक विरासतलाई प्रदर्शन गर्ने जनाइएको छ ।

महोत्सवमा सहभागी आगन्तुकहरूलाई केही प्रमुख अमिराती लेखक, विचारक र रचनात्मक प्रकाशकहरूसँग अन्तक्रिया गर्ने र अमिराती साहित्यबारे जानकारी लिने अद्वित्तीय अवसर मिल्ने आयोजकले जनाएको छ ।

यसको उद्देश्य अमिराती लेखन र प्रकाशनबारे जानकारी गराउनु र अमिराती साहित्यलाई नयाँ श्रोतामाझ पुर्याउनु र साहित्यका अनुरागीहरूलाई अमिराती साहित्यबाट मनोरञ्जन प्रदान गर्नुका साथै अरबी संस्कृतिकोबारेमा प्रचारप्रसार गर्ने रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here