हेलिकोप्टर उडाउन दिने निकुञ्जको निर्णयप्रति गाउँपालिकाले जनायो आपत्ति



काठमाडौँ । सगरमाथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्रको आकाशमा हेलिकोप्टर चलाउन दिने निर्णयप्रति खुम्बु पासाङल्हामु गाउँपालिकाले आपत्ति जनाएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै गाउँपालिकाले निकुञ्जले हेलिकोप्टरको उडानलाई व्यवस्थित गर्नको लागि लिएको पहलकदमीबाट जनतामा छाएको उत्साहमा तुसारापात भएको भन्दै यसबाट गाउँपालिका, स्थानीय संघसंस्था र आम नागरिक आश्चर्यचकित भएको उल्लेख गरेको छ ।


गाउँपालिकाले उडानसम्बन्धी सहजता कायम गर्दै जाने गरी पुस १९ गते सहमति भए पनि वायुसेवा सञ्चालक सङ्घले आपतकालिन उडान समेत रोक्ने निर्णय गर्नुले सेवा प्रदायकको संवेदनशीलता प्रस्ट भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हेर्नुहोस् पालिकाले जारी गरेको विज्ञप्ति :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here