काठमाडौँ। गोश्वारा हुलाक कार्यालयले स्वदेशी तथा विदेशी नागरिकलाई प्रदान गर्दै आएको पार्सल र इ.एम.एस. सेवा अबदेखि अनलाइनमार्फत उपलब्ध गराउने भएको छ। बुधवारदेखि सुरु भएको यस सेवाले सेवाग्राहीहरूमा ठूलो उत्साह थपेको छ।
गोश्वारा हुलाक कार्यालय डिल्लीबजारका प्रमुख हुलाक अधिकृत वासुदेव रेग्मीका अनुसार, यस सेवाको सुरुवातले नागरिकहरूमा विश्वास बढाउनुका साथै सरकारी सेवा प्रणालीलाई छिटोछरितो बनाउन मद्दत गर्नेछ।
हुलाक अधिकृत रेग्मीले यस सेवाले कर्मचारीहरूले कुनै किसिमको गडबडी गर्ने सम्भावना अन्त्य गर्ने विश्वास व्यक्त गरे। उनले भने, “यो सेवाको सुरुवातले सरकारी काम पारदर्शी मात्र बनाउँदैन, राजस्वको रकम तुरुन्तै सरकारी खातामा जम्मा हुने सुनिश्चितता पनि गर्दछ।”
उनका अनुसार, यो सेवा हुलाक कार्यालयको लामो प्रयासपछि लागू भएको हो। यसले सरकारी सेवा प्रणालीलाई भरपर्दो र विश्वासिलो बनाएको छ। रेग्मीले थप भने, “यो अनलाइन सेवा अत्यन्त सहज र सुरक्षित भएकाले नागरिकहरूले शङ्काविना प्रयोग गर्न सक्नेछन्।
सरकारी सेवालाई डिजिटलाइज्ड गर्ने क्रममा ओझेलमा पर्दै आएको हुलाक सेवालाई पनि अनलाइनमा लगेसँगै नयाँ युगको सुरुवात गरेको अधिकारीहरू बताउँछन् । हुलाक कार्यालयले यो कदमले नागरिकको सेवा उपयोगमा सहजता र पारदर्शिताको अनुभूति गराउने अपेक्षा राखिएको छ ।