काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाले नेपालको स्वास्थ्य क्षेत्रमा राहत दिए पनि आवश्यकता अनुसारको काम गर्न नसकेको बताएका छन् ।
शुक्रबार स्वास्थ्य बीमा क्षेत्र सुधार गर्नका लागि गठित सुधार समितिको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले बिमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत दिएको तर यो आशिंक मात्र भएको बताएका हुन् ।
उनले भने, ‘नेपालको स्वास्थ्य बिमाको बारेमा धेरै खाले विषयहरु हामीले देखिरहेका छौँ । विध्यमान बिमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत केही सुविधाहरु उपलब्ध गराएको छ । तर यो आशिंक मात्र छ, आवश्यकता अनुसारको छैन । व्यवस्थित छैन, लक्षित समूहले पूर्ण रुपमा लाभ लिने गरी यो अघि बढ्न सकेको छैन ।’
मन्त्री पौडेलले बिमालाई व्यवस्थित बनाउन नीति र योजना जरुरी भएकोले यस बारेमा अध्ययन गरिरहेको बताए ।