काठमाडौं । कास्की जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले छविलाई ८८ लाख रुपैँया धरौटीमा छाड्न आदेश दिएको छ ।
पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएको उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्तिशुद्धीकरण मुद्दा लगाइएको छ ।
जोशीसहित रास्वपा सभापति रवि लामिछाने, लिला पछाईं, रामबहादुर गुरुङ, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ र कृष्णबहादुर गुरुङलाई पनि धरौटीमा छोड्न आदेश दिएको हो ।
छविलाल असोज ६ गते पक्राउ गरेका थिए । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो । वकिल कार्यालयले १ करोड ५१ लाखभन्दा बढी विगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।