![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
मस्को । रुसले सन् २०३० सम्ममा आफ्नो उपग्रहको सङ्ख्या ६५० पुर्याउने योजना बनाएको रुसको अन्तरिक्ष निगम रोस्कोसमोसका प्रमुख युरी बोरिसोभले बताएका छन् ।
बोरिसोभले यस अन्तर्गत व्यावसायिक उपग्रहहरू समावेश नरहेको बताए । ‘यस वर्ष, हामी एक महत्वाकांक्षी राष्ट्रिय परियोजना सुरु गर्दैछौं, जसले अन्तरिक्षमा हाम्रो उपस्थितिलाई बलियो बनाउने छ । हाम्रो उद्योगलाई प्राविधिक सार्वभौमसत्ता प्राप्त गर्न मद्दत गर्नेछ,’ उनले भने । रुसको नक्षत्रमा हाल २८८ उपग्रह रहेको छ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)