श्रीलङ्काको केन्द्रीय बैङ्कले डिजिटल भुक्तानी प्रवद्र्धन अभियान सुरु गरेको छ । बैङ्कले देशभर डिजिटल भुक्तानीहरू अपनाउनलाई तीव्रता दिने उद्देश्यले डिजिटल भुक्तानी प्रवद्र्धन अभियान सुरु गरेको एक विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति अनुसार,“गभर्नरले देशको आर्थिक विकास र नागरिकको जीवनस्तर उकास्न तथा आधुनिक प्रविधि र डिजिटल भुक्तानीको महत्वपूर्ण भूमिकामा जोड दिए ।” उनले सरकारी संस्था र वित्तीय संस्थाको संलग्नतामा डिजिटल भुक्तानीलाई सबैमाझ लोकप्रिय बनाउनु पर्नेमा जोड दिए ।
डिजिटलाइजेसनको माध्यमबाट दिगो र समावेशी आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्न केन्द्रीय बैङ्कले गरेको पहलको शृङ्खलामा यो सचेतना अभियान पहिलो भएको विज्ञप्तिमा उल्लेख छ ।