

काठमाडौं । नेपाल शिक्षक महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको छ । माघ १६ र १७ गते बसेको महासंघको तेस्रो पूर्ण राष्ट्रिय बैठकपछि आन्दोलनको घोषणा गरिएको हो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमार्फत पहिलो चरणको आन्दोलनबारे जानकारी दिइएको छ ।
आन्दोलनका कार्यक्रम अन्तर्गत माघ २० गते सबै शिक्षक कर्मचारीले फेसबुक वालमा आयतकार रातो स्टिकर प्रयोग गरी ‘२०८१ को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ लेख्नेछन् ।


Share this:
