काठमाडौं । नेपाल वायु सेवा निगममा देखिएको समस्या र सुधारका उपाय अध्ययनका लागि शिशिर खनालको संयोजकत्वमा चार सदस्यीय उपसमिति गठन भएको छ ।
प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज (बिहीबार) बसेको बैठकले खनालको नेतृत्वमा छिरिङ ल्हामु लामा, योगेश गौचन थकाली र सुनिता बराल सदस्य रहेको उपसमिति गठन गरेको हो ।
उपसमितिले एक महिनाभित्र समितिलाई अध्ययन प्रतिवेदन पेश गर्नुपर्ने छ । नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) को बारेमा पनि अध्ययन गर्न उपसमिति बनाइने सभापति राजकिशोर यादवले बताए ।