लुम्बिनी प्रदेशसभा बैठक: प्रमुखले सन्देशसहित फिर्ता पठाएका विधेयक पेश हुँदै



दाङ । लुम्बिनी प्रदेशसभा पाँचौं अधिवेसनको दोस्रो बैठक आज बुधबार बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । बैठकमा प्रदेश प्रमुखले सन्देशसहित फिर्ता पठाएको दुईवटा विधेयक सम्वन्धि प्रस्ताव पेश हुनेछ ।


मुख्यमन्त्री चेतनारायण आचार्यले सभामा विधेयक सम्वन्धि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सन्देशसहित फिर्ता पठाएका थिए ।

यी दुई विधेयक प्रदेश सभाले पास गरेर प्रमाणिकरणकालागि प्रदेश प्रमुख समक्ष पठाइएको थियो । प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक भदौ ३१ गते र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भदौ २७ गते प्रदेशसभाबाट पास भएको थियो । यी दुवै विधेयक प्रदेश प्रमुखले सन्देश सहित असोज २२ गते प्रदेश सभामा फिर्ता पठाएका थिए ।

यस्तै प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्मीले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्वन्धमा व्यवस्थागर्न बनेको विधेयक सभामा पेश गर्ने र प्रदेश सभा सदस्यहरुले समसामायिक विषयमा विशेष समयमा बोल्ने सम्भावित कार्यसूचीमा समावेश गरिएको प्रदेश सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here