राप्रपाले पृथ्वी जयन्तीमा चियापनका साथ महेन्द्र शालिकदेखि पृथ्वी शालिकसम्म एकता ऱ्याली गर्ने



काठमाडौँ । ३०३औं पृथ्वी जयन्तीको अवसरमा राप्रपाले पुस २७ गते दरबारमार्गस्थित महेन्द्र शालिकदेखि सिंहदरबार अगाडि रहेको पृथ्वी शालिकसम्म राष्ट्रिय एकता ऱ्याली गर्ने भएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्षहरु पशुपति शमसेर राणा, डा.प्रकाशचन्द्र लोहनी लगायतका नेताहरु समेत ऱ्यालीमा सहभागी हुनेछन् । विभिन्न भेषभुषा र झॅाकी सहितको हुने ऱ्याली पृथ्वी शालिकमा पुगेर नेताहरुले राष्ट्रनिर्माताको सम्मानमा पुष्पगुच्छा चढाउने कार्यक्रम रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 


सोही दिन राप्रपाले पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ । राप्रपाले चियापानमा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्यहरु, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेताहरु, पूर्व प्रधानमन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, विदेशी कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न पेशागत संघसंस्थाका प्रमुखहरु, कलाकार, खेलाडी लगायत सामाजिक जीवनका विभिन्न व्यक्तिहरुलाई निमन्त्रणा पठाएको श्रेष्ठले बताए।

राप्रपाले ०६३ देखि हरेक वर्ष पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रम गर्दै आइरहेको प्रबक्ता श्रेष्ठले बताए ।

यसैगरी पृथ्वी जयन्तीकै अवसरमा राप्रपा सम्बद्ध प्राज्ञिक परिषदले पुस २५ गते काठमाडौँमा राष्ट्र निर्माणमा पृथ्वी नारायण शाहको योगदानका बारेमा विचार गोष्ठीको आयोजना समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here