रवि लामिछानेले बुझाए ६५ लाखको बैंक ग्यारेन्टी, पोखराबाटै रिहा गरिँदै



कास्की । कास्की जिल्ला अदालतले धरौटी मागेअनुसार रास्वपाका सभापति रवि लामिछानेले बैंक ग्यारेन्टी बुझाएका छन् । उनले धरौटी माग भए बराबरको बैंक ज्ञारेन्टी अदालतमा पेस गरेको प्रहरी स्रोतले बताएको छ । 

रास्वपाका सभापति लामिछाने सहकारी ठगी प्रकरणमा अहिले नै कसुरदार रहेछन् भन्ने  मनासिब आधार नदेखिएपनि तत्कालको प्रमाणहरूबाट थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने भएकाले अहिलेलाई धरौटीमा छाड्ने आदेश दिएको अदालतले जनाएको छ ।


धरौटी बापतको बैंक ग्यारेन्टी बुझाएपछि उनलाई पक्राउ गरेर काठमाडौँ ल्याउने आकलन गरिएपनि प्रहरीले उनलाई पक्राउ नगर्ने भएको छ । रविविरुद्ध काठमाडौँमा स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here