![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई २०२६ सम्म अर्थतन्त्रको मध्यस्तरमा पुर्याउन चाहेको बताएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा नेपाल चेम्बर अफ कमर्सको आयोजनामा भएको आठौं चरणको “चेम्बर एक्स्पो २०२५” को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘पहिले राजनीतिक अस्थिरताका कारण देशको अर्थतन्त्रदेखि सबै क्षेत्रमा प्रतिकूल असर पर्यो । अहिले हामी दुई ठूला दल मिलेर विभिन्न क्षेत्रमा जोडिएर राम्रो काम गरेका छौं । यसलाई लयमा फर्काउने कोसिसमा छौं ।’ उनले भने, ‘ अब देशलाई २०२६ मा अर्थतन्त्रको मध्यस्तमा पुर्याउन चाहन्छौं ।’
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
साथै उनले आईटीलाई उद्योगको रूपमा विकास गरी निर्यात गर्न सकिने पनि औंल्याए ।
पूर्वाधार विना अर्थतन्त्र विकास हुन नसक्ने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिले त्रिभुवन विमानस्थल जत्रोसुकै विमान पनि बस्न सक्ने बन्दैछ । जनकपुरमा रेलले आवागमनमा यात्रुलाई सहजता पुर्याएको छ । अब नदीको बाटो हुँदै समुन्द्र जाने बाटोको तय गर्नुपर्छ । हामीले त्यही सम्म जाने बाटो पनि तयार गरेका छौं । पहिला जहाज कुद्छ भन्दा मजाकमा पनि उडाए । ’
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)