माघ दोस्रो सातादेखि दौड प्रतियोगिता



काठमाडौँ । नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा आगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता आयोजना हुने भएको छ ।

आगामी माघ १२ गतेदेखि हुने उक्त दौड प्रतियोगितामा खुला महिला तथा पुरुष हाफ म्याराथन, पुरुषतर्फ १० किमि दौड, महिलातर्फ पाँच किमि दौड तथा कक्षा १२ सम्मका विद्यार्थीका लागि पाँच किमि र तीन किमि दौड तथा फरक क्षमता भएका व्यक्तिहरुका लागि ह्विलचियर दौड (महिला तथा पुरुष) र बालबालिकाका लागि ‘रन फर फन’ विधा समावेश गरिएको आयोजक संस्थाका संयोजक डा सितलकाजी श्रेष्ठले आज यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।


प्रतियोगितामा हाफ म्याराथनतर्फ विजेता महिला तथा पुरुष खेलाडीले जनही एक लाख ५० हजार प्राप्त गर्नेछन् । दोस्रो स्थान हासिल गर्ने खेलाडीले एक लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार तथा पाँचौ हुने खेलाडीले ३० हजार पुरस्कार प्राप्त गर्नेछन् । दश किमि दौडमा पहिलो हुने खेलाडीले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौ हुने खेलाडीले १० हजार पुरस्कार प्राप्त गर्ने छन् ।

यस्तै पाँच किमि दौडमा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ हुने खेलाडीले क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र पाँच हजार पुरस्कार पाउनेछन् । तीन किमि दौडमा पहिलो हुने खेलाडीले २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौथोले पाँच हजार र पाँचौ स्थान हासिल गर्ने खेलाडीले दुई हजार पाँच सय पाउनेछन् ।

ह्विलचियरतर्फ प्रथम स्थान हासिल गर्ने खेलाडीले ३० हजार पाउनेछन् भने दोस्रो हुने खेलाडीले २० हजार पाउनेछ । त्यसैगरी तेस्रो हुने खेलाडीले १५ हजार, चौथोले १० हजार र पाँचौ हुने खेलाडीले पाँच हजार पाउनेछन् । उक्त प्रतियोगिताको गत वर्षको हाफ म्याराथनको महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ दिपक अधिकारीले स्वर्ण पदक जितेका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here