माघे संक्रान्तिले सामाजिक सद्भावना बढाउँदै सुमधुर सम्बन्ध कायममा सघाउँछ: सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मकर संक्रान्तिको अवसरमा शुभकामना दिएका छन् ।

मंगलबार शुभकामना सन्देश जारी गर्दे उनले भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा मनाइने पर्वले सामाजिक सद्भावना बढाउँदै सबै जातजाति, धर्म, वर्ग र पेशा अबलम्बन गर्ने नेपालीहरूका बीचमा सुमधुर सम्बन्ध कायम गर्न सघाउने बताए ।


सन्देशमा लेखिएको छ -’मकर संक्रान्ति/माघे संक्रान्ति’ लाई नेपालका विभिन्न जातजातिहरुले विशेष पर्वका रूपमा मनाउँदै आएका छन् । भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा मनाइने यस्ता पर्वले सामाजिक सद्भावना बढाउँदै सबै जातजाति, धर्म, वर्ग र पेशा अबलम्बन गर्ने नेपालीहरूका बीचमा सुमधुर सम्बन्ध कायम गर्न सघाउनुका साथै अनेकतामा एकता कायम गरी राष्ट्रिय भावनाको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेका छन।’ त्यस्तै उनले मकर संक्रान्ति/माघे संक्रान्तिका अवसरमा यस दिनलाई विशेष पर्वका रुपमा मनाउनु हुने थारु समुदाय लगायत अन्य समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा पार्टी र आफ्नो तर्फबाट सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here