

काठमाडौं । आसन्न संसद अधिवेशनमा आफ्नो प्रभावकारी उपस्थिति र प्रस्तुति बारेमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आज बस्दैछ ।
सिंदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।


प्रमुख सचेतक पाण्डेका अनुसार बैठकमा मुख्यगरी शुक्रबारदेखि सुरू हुने संसद अधिवेशनबारे छलफल हुनेछ ।
संसदमा माओवादीको भूमिका लगायत सरकारले ल्याएको अध्यादेश, दर्ता भएका विधेयकका विभिन्न विषयमा समेत छलफल हुने प्रमुख सचेतक पाण्डेले जानकारी दिए ।
माओवादीले सरकारले संसद छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष निकाल्दै संसद अधिवेशनको माग गरेको थियो ।
