माओवादी बैठक :अध्यक्ष दाहालको प्रतिवेदन पारित, एकवर्षभित्र महाधिवेशन



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले केन्द्रीय कमिटीको  बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन पारित भएको छ ।

मंगलबार बसेको बैठकले दाहालले पेस गरेको प्रतिवेदन पास गरेको हो । यसैगरी बैठकले  पहिलो छ महिना राजनीतिक अभियान र त्यसपछिको अर्को छ महिनापछि पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ ।


माओवादी केन्द्रले फागुन १ बाट ६ महिना जनतासँग माओवादी नामको राजनीतिक अभियान चलाउने निर्णय गरेको हो । अभियानपछिको ६ महिनापछि  महाधिवेशनको कार्यक्रमसहित अघि बढ्ने निर्णय पनि बैठकले गरेको हो । यससँगै गत आइतबारबाट जारी बैठकको पनि समापन भएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here