काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकमा दोस्रो दिनको छलफल सुरु भएको छ । बैठकको प्रारम्भमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्षिप्त धारणा राखेपछि उनको राजनीतिक प्रस्तावमा छलफल सुरु भएको छ ।
छलफलका लागि केन्द्रीय सदस्यहरूलाई तीन-तीन मिनेटको समय छुट्याइएको छ । छलफलमा भाग लिन इच्छुक केन्द्रीय सदस्यहरूलाई नाम टिपाउँदै बोल्न दिइएको छ ।
विगतका बैठकहरूमा राजनीतिक प्रतिवेदनमा छलफल गर्न समूह बनाउने र छलफलपछि समूहको नेताले धारणा सुनाउने गरिए पनि यसपटक त्यस्तो अभ्यास नगरी केन्द्रीय सदस्यहरूलाई सीधै बोल्न दिइएको छ ।