

काठमाडौँ । मलेसियामा जारी महिला यू-१९ विश्वकपको फाइनलमा दक्षिण अफ्रिका र भारत पुगेका छन् ।
शुक्रबार समपन्न सेमिफाइनलका खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई पराजित गरेको थियो । दक्षिण अफ्रिकाले ५ विकेटले अस्ट्रेलियालाई पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । त्यस्तै अर्को सेमिफाइनलमा भारतले इङल्याण्डलाई ९ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।


अब उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्ने भएका हुन् । फाइनल खेल आइतबार हुँदै छ ।
यस विश्वकपमा नेपाल समुह चरणबाट पराजित भएको थियो । समुह चरणमा पराजित भएको नेपालले प्लेअफमा आयोजक मलेसियालाई पराजित गर्दै १४औं स्थान हासिल गरेको थियो ।
