![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
काठमाडौं । आईसीसी यु-१९ महिला टी–२० विश्वकपमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर भेटायो ।
नेपालकी कप्तान पूजा महतोले नटआउट २३ रन बनाइन् । मलेसियाकी मस्र्या अब्दुल्लाहले ३ विकेट लिइन् । यसअघि जोहोर एकेडेमी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया १६ ओभर ५ बलमा ४५ रनमा अलआउट भयो ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
मलेसियाकी नुरिमन हलिदले सबैभन्दा धेरै १५ रन बनाइन् । यु १९ महिला टी–२० विश्वकपमा नेपालको यो पहिलो जित हो । दुवै टोली प्रतियोगिताबाट बाहिरिइसकेका छन् । समूह चरणमा नेपालले बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग हार बेहोरेको थियो ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)