काठमाडौं । मन्त्रिपरिषद्को बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो ।
बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरू, समसामयिक विषयवस्तु, सरकारका नीति र कार्यक्रमहरूको कार्यान्वयन, तथा अन्य महत्त्वपूर्ण निर्णयहरूबारे छलफल हुने जानकारी प्राप्त भएको छ।
बैठकले सरकारको पछिल्लो रणनीति र निर्णयप्रति थप स्पष्टता ल्याउने विश्वास गरिएको छ।