भीम रावलद्वारा पार्टीको नाम, अवधारणा र संरचना सार्वजनिक



काठमाडौँ । पूर्व उपप्रधान एवं गृहमन्त्री डा. भीम रावलले अलग्गै पार्टी निर्माण प्रक्रिया सुरु गरेका छन् । नेकपा एमालेबाट निष्कासित भएपछि डा. रावलले पत्रकार सम्मेलन गरी अलग्गै पार्टी बनाउने घोषणा गरेका थिए ।

बिहीबार सामाजिक सञ्जालमा उनको पार्टीको अवधारणा र संरचना सार्वजनिक गरेका छन् ।


सार्वजनिक अवधारणा पत्र अनुसार उनको पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ रहनेछ ।

सार्वजनिक भएको अवधारणा पत्र अनुसार वडा, पालिका, प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण गरिने छ। जुन तहको भेला हुन्छ, त्यही तहको समिति बन्ने र समितिमा १५ देखि २५ सदस्यीय रहने जानकारी उनले दिएका छन् ।

त्यो भन्दा बढी मानिस भए सम्बन्धित तहको तसर्थ परिषद् गठन गर्ने व्यवस्था पनि सार्वजनिक गरेका छन् ।

पार्टीको अवधारणा र संरचना :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here