काठमाडौँ । काठमाडौँबाट भद्रपुर उडेको बुद्ध एयरको विमान काठमाडौँ फर्किएको छ । विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ डाइर्भट गराइएको बुद्ध एयरले जनाएको हो ।
उडान नं ९५३ नम्बर कल साइन नाइन एन–एजेएसको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएको थियो । जहाज ११ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । जहाजलाई बुद्ध एयरको टेक्निकल टिमले चेकजाँच गरिरहेको छ । अहिले यात्रुहरूलाई अर्को जहाजबाट भद्रपुर पठाउने तयारी भइरहेको बुद्ध एयरले जनाएको छ ।