

काठमाडौँ । प्रतिनिधिसभाले नियमावलीअनुसार सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको नाम अनुमोदन गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको नामलाई सभाले स्वीकृत गरेको थियो । सभाले सांसदहरु ईश्वरीदेवी न्यौपाने, अमृतादेवी अग्रहरी, चन्दा कार्की, दुर्गा राई, बुद्धिमान तामाङ, रामकृष्ण यादव, हेमराज राईको नाम अनुमोदन गरेको हो ।
