बिहानै भूकम्प गएपछि प्रधानमन्त्रीद्वारा सतर्क रहन आग्रह



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सतर्क रहन आग्रह गरेका छन् । एकाबिहानै भूकम्पको धक्का गएपछि ओलीले आफ्नो फेसबुकमार्फत सुरक्षित रहन सबैलाई आग्रह गरेका हुन् । 

‘शुभ बिहानी ! हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन्। सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला।’,  प्रधानमन्त्रीले आफ्नो फेसबुकमार्फत भनेका छन् ।  


बिहान ६ बजेर ५० मिनेटमा खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु नेपाल-चीन सिमाना तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । यसको धक्का बङ्लादेश, नेपाल, भारत, भुटान र चीनमा महसुस गरिएको विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here