पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन जनार्दन शर्माको प्रस्ताव



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न प्रस्ताव गरेका छन् ।

मंगलबार धुम्बाराहीमा बसेको पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालको प्रतिवेदनमाथि टिप्पणी गर्दै उनले आयोग गठन गर्ने प्रस्ताव गरेका हुन् ।


शर्माले नयाँ क्रान्तिकारीतर्फ अगाडि बढ्ने गरी प्रचण्डको प्रतिवेदन आएकाले समर्थन गरेका छन् । प्रतिवेदन वर्गप्रति फर्कन खोजिएको पाटो सकारात्मक भएको उनको टिप्पणी रहेको छ ।

‘पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरौँ । हल्लाबाट मुक्त होऔँ । अध्यक्षलाई हटाउन होइन । बहस सिर्जना होस भनेर गत बैठकमा आएको व्यक्तिगत धारणा हो । आजको दिनसम्म पुँजीवादकै दलदलमा फसेका छौँ । संविधान निर्माणपछि हामी कहाँ अलमलियौँ समीक्षा गर्नुपर्छ’, शर्माको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here