नवजात शिशु मृत फेला



बुटवल । बुटवल उपमहानगरपालिका–११ मा नवजात शिशुको शव फेला परेको छ।

बुटवल मजुवा क्षेत्रको डम्पिङ साइटमा भर्खर जन्मेकी नवजात शिशु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।


नवजात शिशु महिना पुगेर जन्मिएको र जन्मिएपछि फालेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ। शिशु शव लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटना बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here