तिब्बत भूकम्पबाट नेपालमा सामान्य क्षति : १३ जना घाइते, ११ घर भत्किए



काठमाडौं । मंगलबार बिहान चीनमा केन्द्रविन्दु भएर गएको भूकम्पले नेपालमा समेत सामान्य क्षति भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दुई वटा घरमा पूर्ण क्षति भएको छ भने ११ वटा घरमा सामान्य क्षति पुगेको छ ।

ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, काभ्रे, बारा, काठमाडौं सिन्धुपाल्चोक र रामेछापमा भूकम्पले क्षति पुर्‍याएको छ ।


प्रहरी प्रधान कार्यालयका अनुसार ओखलढुङ्गामा भूकम्पले दुई वटा घरमा सामान्य र एउटा घरमा पूर्ण क्षति तुल्याएको छ । सोलुखुम्बुमा पाँच वटा घरमा क्षति गरेको छ ।

संखुवासभा, सिन्धुपाल्चोक र रामेछापका एकरएक घरमा सामान्य क्षति पुगेको छ ।

प्रहरी मुख्यालयका अनुसार काठमाडौंसहित तीन जिल्लाहरू क्रमशः काभ्रे र सिन्धुपाल्चोकमा गरी १३ जना घाइते भएका छन् ।

प्रहरीले घाइते सबैको उद्धार गरेको छ । चीनको डिङ्गीमा मंगलबार बिहान ७ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पमा परेर हालसम्म ९५ जनाले ज्यान गुमाएका छन् भने १३० जना घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here