![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
काठमाडौं । प्रहरीले काठमाडौंको डिल्लीबजार कारागारबाट भागेका फरार अभियुक्तलाई १४ वर्षपछि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले कारागारबाट भागेका ओखलढुंगाका ४५ वर्षीय पेशलराज बुढाथोकीलाई बुधबार काठमाडौंको टोखाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपिलराज बोहराले जानकारी दिएका छन् ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
बुढाथोकीविरूद्ध वैदेशिक रोजगार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट २०६६ साउन १९ गते तीन वर्ष कैद र तीन लाख जरिवाना सुनाइएको थियो । त्यसपछि उनी फागुन २५ गते कारागार कार्यालय डिल्लीबजारमा पठाइएको थियो । तर उनी २०६७ साउन २९ गते फरार भएका थिए ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)