ट्युनिसियामा डुंगा पल्टिँदा २७ आप्रवासीको मृत्यु, ८३ को उद्धार



ट्युनिस । मध्य ट्युनिसियामा दुई डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित २७ आप्रवासीको मृत्यु भएको छ भने ८३ जनाको उद्धार गरिएको अधिकारीले एएफपीलाई जानकारी दिएका छन् ।

मध्य ट्युनिसियाको केर्केन्ना टापुमा फेला परेका उद्धार गरिएका र मृत यात्रुहरू युरोप पुग्ने लक्ष्यमा रहेको र उनीहरू सबै उपसहारा अफ्रिकी मुलुकका रहेको स्फ्याक्स शहरका नागरिक सुरक्षा प्रमुख जिद दिरीले जानकारी दिए ।


ट्युनिसियाली नेसनल गार्डका अनुसार अन्य सम्भावित हराइरहेका यात्रुको खोजी कार्य जारी छ । ट्युनिसिया अनियमित आप्रवासीहरूको लागि युरोप छिर्ने एक प्रमुख प्रस्थान बिन्दु हो । ट्यूनिसियाको बाटो इटाली हुँदै युरोप पुग्न चाहने आप्रवासी सङ्ख्या अत्यधिक रहने गरेको छ । इटालीको लाम्पेडुसा टापु ट्युनिसियाबाट केवल १५० किलोमिटर (९० माइल) टाढा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here