टर्कीएको पर्यटन राजस्वमा नयाँ कीर्तिमान



टर्कीएको पर्यटन राजस्व सन् २०२४ मा ६१.१ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको थियो, जुन एक वर्ष अघिको तुलनामा ८.३ प्रतिशतले बढी रहेको टर्कीएको तथ्याङ्क संस्थानले शुक्रबार जनाएको छ ।

“हाम्रो पर्यटन राजस्वले सन् २०२४ मा ६१.१ अर्ब अमेरिकी डलर नाघेको थियो,” टर्कीएका उपाध्यक्ष सेभडेट यिलमाजले सामाजिक सञ्जाल एक्समा उल्लेख गरे । गत वर्ष कुल छ करोड २२ लाख पर्यटकले टर्किए भ्रमण गरेका थिए, जुन सरकारी प्रक्षेपण भन्दा बढी रहेको यिलमाजले बताए ।


उपराष्ट्रपतिले टर्कीए सरकारले सन् २०२५ मा पनि पर्यटन राजस्वमा ६३.६ अर्ब अमेरिकी डलरको लक्ष्य राख्दै सकारात्मक प्रवृत्ति जारी रहने अपेक्षा गरेको बताए । टर्कीएमा करिब १७ प्रतिशत राजस्व गैरआवासीय नागरिकबाट आयो । यस मध्ये लगभग ४१७.४ अर्ब प्याकेज टुरद्वारा योगदान गरिएको थियो ।