झुपडीबाट ५० शय्याको बन्यो बुर्तिबाङ अस्पताल



बागलुङ । निसी, भुजी र तमानखोलाको सङ्गममा छ बुर्तिबाङ बजार । जिल्ला सदरमुकामदेखि ९० किलोमिटर पश्चिममा रहेको यस बजारमा बिस्तारै विकासले गति लिन थालेको छ । जिल्लाकै दोस्रो र पश्चिम बागलुङको सबैभन्दा ठूलो व्यापारिक केन्द्रका रुपमा रहेको बुर्तिबाङ क्षेत्रमा अहिलेसम्म सुविधायुक्त अस्पताल थिएन । सुविधायुक्त अस्पताल नहुँदा पश्चिम बागलुङका हजारौँ नागरिक बागलुङ, पाल्पा, पोखरा र काठमाडौँ पुगेर उपचार गराउँदै आएका थिए ।

केही वर्षयता बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि विशेषज्ञ सेवा प्रदान हुँदै आएपछि केही सहज भएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा राम्रो सेवा पाउन नसक्दा पश्चिम क्षेत्रका नागरिकले सामान्य उपचारका लागि लाखौँ खर्च गरेर देशका ठूला सहरमा रहेका अस्पतालमा पुग्नुपर्ने बाध्यता थियो ।


पश्चिम बागलुङका नागरिकका लागि लक्षित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पतालका रुपमा स्तरोन्नति गर्नका लागि २०६४ साउन १५ गते स्वास्थ्य मन्त्रालयले निर्णय गरे पनि कार्यान्वयन हुन सकेको थिएन । अहिले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र जिल्ला अस्पताल नभई प्रदेशस्तरीय नै बनेको छ ।

गर्नका लागि रु १२ करोड बजेट विनियोजन गरेको थियो । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रममा बागलुङको पश्चिम क्षेत्रका जनलाताई सेवा प्रदान गर्दै आइरहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको प्रादेशिक अस्पतालका रुपमा सञ्चालनमा ल्याइने घोषणाअनुरुप अस्पताल स्तरोन्नति गरिएको हो । यही पुस १२ गते गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अस्पतालको उद्घाटन गरेका थिए ।

कुँवरले विशेषज्ञ चिकित्सकसहित अन्य मेडिकल अधिकृत र उपरकण ल्याउनका लागि प्रदेश सरकार निरन्तर लागिरहेको गण्डकी प्रदेशसभा सदस्य द्रोणकुमार कुँवरले बताए । उनले भने, “बुर्तिबाङ अस्पताल पश्चिम बागलुङका नागरिकका लागि वरदान साबित हुनेछ, यहाँ सुविधायुक्त अस्पताल नहुँदा दूरदराजका नागरिकले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था दोहोरिने छैन ।”

स्थानीय तुलसीकुमारी क्षेत्रीले बुर्तिबाङमा शल्यक्रिया गर्नुपर्ने बिरामीले उपचार नहुँदा लाखौँ रुपैयाँ खर्च गरेर ठूला सहरमा पुगाउने गरेको स्मरण गरिन् । घर नजिक प्रादेशिक अस्पताल सञ्चालनमा आएपछि खुसी लागेको भन्दै अब बिरामीहरु टाढा जानु नपर्ने उनको भनाइ छ ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण) ले प्रादेशिक अस्पतालमा स्तरोन्नति भएपछि प्रभावकारी सेवा प्रवाह हुने बताए । अस्पतालको संरक्षण संवर्द्धमा ढोरपाटन नगरपालिका निरन्तर लागिरहेको उनको भनाइ छ । मध्यपहाडी लोकमार्ग छेउमै रहेको बुर्तिबाङ बजारमा रहेको यस अस्पतालमा पश्चिम बागलुङको छ पालिकासहित रोल्पा, रुकुम, गुल्मी, प्यूठानका हजारौँ नागरिकले स्वास्थ्य सेवा लिन सहज हुने भएको छ । अहिले पनि गुल्मीसहितका छिमेकी जिल्लाका नागरिकले सेवा लिन आउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here