जोखिमपूर्ण यात्रामा रहेका ५९८ को नेपालगन्ज नाकाबाट उद्धार



नेपालगन्ज। माइती नेपाल, नेपालगन्जले एक वर्षमा जोखिमपूर्ण यात्रामा रहेका ५ सय ९८ जनालाई नेपालगन्ज नाकाबाट उद्धार गरेको छ।

माइती नेपाल, नेपालगन्जले सन् २०२४ मा भारतलगायत विभिन्न देशमा जोखिमपूर्ण यात्रामा निस्केका महिला तथा बालिकाको उद्धार गरेको हो।


काम, विवाह, घुमघाम, किनमेललगायतको बहाना बनाएर नाका पार हुन थालेका शंकास्पद व्यक्तिलाई केरकार गर्दा जोखिमपूर्ण यात्रामा रहेको पाइएपछि ५ सय ९८ जनालाई फिर्ता गरिएको माइती नेपाल, नेपालगन्जका संयोजक केशव कोइरालाले जानकारी दिए।

मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै संयोजक कोइरालाले एक वर्षमा ७ सय ७७ जनाको खोजतलासको निवेदन परेको बताए। त्यसमध्येमा ४ सय ७ जना फेला परेका छन्।

भारत तथा तेस्रो मुलुकमा पुगेकाहरु सम्पर्कमा नआएपछि आफन्तले खोजतलासको निवेदन दिने गर्दछन्। संयोजक कोइरालाले यो वर्ष पनि खोजतलासको निवेदन धेरै पर्नेमा बाँके अगाडि रहेको छ। त्यसपछि सुर्खेत, बर्दिया, दाङ, जाजरकोट, दैलेख जिल्ला रहेका छन्।

नेपालगन्ज नाका सधैँ भीडभाड हुने भएकाले दलालले मानव तस्करीको लागि यो नाकालाई रोज्ने गरेको कोइरालाको भनाइ छ। त्यसो त नेपालगन्ज नाकामा मानव बेचबिखन तथा ओसारपसार रोकथामका लागि माइती नेपाल, साथी संस्थालगायत एक दर्जनको चेकप्वाइन्ट रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here