काठमाडौं । जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा पेश गरेको लेखा परिक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ ।
सोमबार जसपा नेपालले आ.ब. २०८०÷०८१ को पार्टीको आयब्यय विवरणसहितको लेखा परिक्षण प्रतिवेदन सार्वजनिक गरेको हो ।
राजनीतिक दलहरुले निर्वाचन आयोगमा पेश गरेको लेखा परिक्षणको प्रतिवेदनलाई पार्टी कार्यालयको बेबसाइड,सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।
सार्वजनिक विवरण अनुसार पार्टीको कूल सम्पत्ति २ करोड ४० लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको छ । त्यस्तै, पार्टीको नगद मौज्दात १ करोड ३ लाख २७ हजार ९०४ रुपैयाँ रहेको छ ।
पार्टीले ४१ लाख ९९ हजार २०० रुपैयाँ सदस्यता शुल्क तथा नवीकरण र लेभीबाट प्राप्त गरेको उल्लेख छ । त्यस्तै, चन्दाबाट ५ लाख १२ हजार ६५० रुपैयाँ प्राप्त गरेको छ । पार्टीलाई १ लाख ३८ हजार ८२५ रुपैयाँ ऋण रहेको छ ।
आयोगको कानून अनुसार पार्टीको लेखा परिक्षण तोकिएको समयावधिभित्रै सार्वजनिक गरिएको सूचना तथा सञ्चार विभागका महेश चौरसियाले जानकारी दिए ।