जय ट्रफीः आर्मी र पुलिसको खेल बराबरीमा



काठमाडौं । जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको आफ्नो पहिलो खेलमा मधेश प्रदेश र बागमती प्रदेशले बराबरी खेलेका छन् ।

सोमवार जनकपुरमा सम्पन्न मधेश र बागमतीबीचको खेल बराबरीमा सकिएको हो । मधेशले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको बागमतीले दोस्रो तथा अन्तिम दिनको खेल सकिँदा छ विकेट गुमाएर ९७ रन मात्र जोडेसँगै खेल बराबरीमा रोकिएको हो ।


बागमतीका लागि रित गौतमले सर्वाधिक २५ रन जोड््दा शुभ कसांकारले २३ रन, आशुतोष घिरैया १७ तथा प्रतिस जिशी १६ रन जोडे ।

मधेशका लागि कप्तान हरिशंकर शाहले तीन तथा रञ्जित कुमार, अभिषेक तिवारी र रुपेश सिंहले समान एक विकेट लिए ।

पहिलो इनिङमा ४८ रनले पछि परेको मधेशले दोस्रो इनिङमा मयनको शतक सहयोगमा २ सय ११ रन जोडेको थियो । मधेशका कप्तान हरिशंकर शाहले नौ विकेट गुमाएर २ सय ११ रनमा इनिङ समाप्तिको घोषणा गरेका थिए । दोस्रो इनिङमा मधेशले १ सय ६३ रनको अग्रता लिएको थियो ।

मधेशका लागि मयनले सर्वाधिक १ सय ६ रन जोडे तर, टोलीलाई जिताउन सकेनन् । उनी जय ट्रफी मेन्स एलिट कपको इतिहासमै शतक बनाउने पहिलो नेपाली खेलाडी हुन् ।

यसैगरी अभिषेक तिवारी १९, निरज यादव १७ तथा विशाल पटेल र रुपेश सिंह समान १४रनमा आउट भए ।

बागमतीका लागि कप्तान सन्दीप लामिछानेले पाँच विकेट हात पारे ।

त्यसअघि आइतवार भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको मधेश १ सय २ रनमा अल आउट हुँदा बागमतीले १ सय ५० रनमा अल आउट हुँदै ४८ रनको अग्रता लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here