![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधूरा योजना र जनताको चाहनालाई केन्द्रमा राखेर प्रदेश सरकारले काम गरिरहेको बताएका छन् ।
आज लमजुङ मध्यनेपाल नगरपालिका–३ सोतीपसलस्थित मङ्गला माध्यमिक विद्यालयको हीरक जयन्ती समापन कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले सबै जिल्लामा अधूरा योजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरिएको र कुनै जिल्लामा अधूरा योजना छुटेमा आफूलाई खबर गर्न जिल्लाका जनप्रतिनिधि तथा कर्मचारीलाई आग्रह गरे ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
उनले जनताको दुःख मर्म बुझ्दै जनताको चाहनालाई प्रदेश सरकारले पूरा गर्ने गरी काम गरिरहेको मुख्यमन्त्री पाण्डेको भनाइ छ ।
प्रदेश सरकारले घरघरमा खानेपानी, बिजुली पुर्याउने, शिक्षा, स्वाथ्य, पर्यटन, रोजगार, कृषि लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री पाण्डेले बताए ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)