काठमाडौं। आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमानाको तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ।
खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो। त्यसले नेपालका प्राय ठाउँमा धक्का दिएको छ। भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको छ।
यस्तै अन्य जिल्लामा पनि महसुस भएको छ। बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँवासी घरबाहिर निस्केका थिए।
लामो समयपछि काठमाडौँमा भूकम्पको ठुलो धक्का महसुस भएको हो। भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे अहिलेसम्म कुनै विवरण प्राप्त भइसकेको छैन ।