चीनमा भूकम्पबाट कम्तिमा ३२ जनाको मृत्यु, ३८ घाइते



काठमाडौं । भूकम्पबाट तिब्बतमा ३२ जनाको मृत्यु भएको छ । सिजाङ स्वायत्त क्षेत्रको सिगात्सेको दिङ्गे काउन्टीमा मङ्गलबार बिहान गएको ६.८ म्याग्निच्यूडको भूकम्पमा परी ३२ जनाको मृत्यु भएको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

भूकम्पमा परी अहिलेसम्म ३८ जना घाइते भएका विवरण आएको सिन्ह्वाले जनाएको छ । १० किलोमिटर गहिराइमा भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जनाएको छ ।


स्थानीय प्रशासनले उद्धार कार्यका लागि यातायात, जलस्रोत, आवास तथा शहरी–ग्रामीण विकास, नगरपालिकाका पदाधिकारी र गाउँपालिकाका कार्यकर्तालाई परिचालन गरेको छ । भूकम्पबाट बच्न स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानान्तरणको व्यवस्था गरिरहेको दिङ्ग्रे काउन्टीका गभर्नरले बताएका छन् ।

भूकम्पको धक्का नेपालमा पनि महसुस गरिएको थियो । भूकम्पपछि मानिसहरु घर बाहिर निस्केका थिए । नेपालमा भने भूकम्पको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

S

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here