चितवन महोत्सव पुष २५ गते देखि



भरतपुर। आर्थिक गतिविधिलाई चलायमान गर्ने उद्देश्यले चितवन महोत्सवको १५ औ सस्करण यही पुष २५ गते देखि शुरु हुने भएको छ।

चितवन उद्योग वाणिज्य सघले आयोजना गर्दै आएको उक्त महोत्सव प्रत्येक २–२ वर्षमा हुँदै आएको छ। यस पटकको महोत्सवमा पर्यटन प्रवद्र्धन गर्ने हेतुले पर्यटनलाई केन्द्र बिन्दुमा राखेर आयोजना गरिएको चितवन उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सबका संयोजक सुमन श्रेष्ठले बिहीबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। महोत्सवले पर्यटनका साथै आर्थीक गतिविधि लागि उत्प्रेरणा दिने क्षेत्रीय असन्तुलन घटाउने सांस्कृतीक प्रबद्र्धन गर्ने उद्देश्य रहेको उनले बताए।


संयोजक श्रेष्ठले चितवनलाई विविधता र समृद्धिको भूमिको रुपमा विकास गर्नेको लागि महोत्सव परिसर भित्र विविधताको प्रतिनिधित्व गर्ने खालको कृतिम पार्क निर्माण गर्न लागेको बताए।

उनले महोत्सबमा चीनको उद्योग वाणिज्यको समन्वयमा चीनका विभिन्न प्रतिष्ठानहरुको उत्पादनको प्रदर्शनी रहने बताए। १५ दिन सम्म चल्ने उक्त महोत्सव ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ भने करीब ३० करोडको कारोबार हुने अपेक्षा गरीएको संघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here