केयू उपकुलपतिका लागि आवेदन माग, केयू बाहिरका व्यक्तिले पनि आवेदन दिन पाउने



काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति नियुक्तिका लागि आवेदन माग गरिएको छ । उपकुलपति छनोट सिफारिस समितिले बिहीबार १० दिनको समय दिएर खुला आवेदन माग गरेको हो ।

छनोट समितिका संयोजक पूर्व उपकुलपति सुरेशराज शर्माका अनुसार केयू बाहिरका व्यक्तिले पनि उपकुलपतिका लागि आवेदन दिन पाउने गरी कार्यविधि बनाइएको छ । मान्यताप्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त गरेको व्यक्तिले उपकुलपतिका लागि आवेदन दिन सक्ने छन् ।


त्यसै गरी कार्यविधिअनुसार कुनै पनि विश्वविद्यालयको प्राध्यापक पदमा नियुक्त भई काम गरेको अनुभव र दरखास्त दिनुअघि कुनै पनि राजनीतिक दलको सदस्य नरहेको व्यक्तिले पनि उम्मेदवारी दिन पाउने छन् ।

हेर्नुहोस् केयू ले जारी गरेको सूचना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here