केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न एमाले सचिवालय बैठक बस्दै



काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दै छ । बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो  साढे १२ बजे बस्न लागेको हो ।  

आजको बैठकमा केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरिनेछ । केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेन्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको सो पार्टीले जनाएको छ । 


एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि बोलाइएको छ । पार्टीका तीन नेतामाथि भएको कारबाहीपछि बस्न लागेको बैठकलाई महत्वका साथ हेरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here